धादिङ १८ पौष
धादिङको शिद्धलेक गाउँपालिका वडा नं ५ का बुद्ध गुरुङले नेकपा माओवादी (विप्लव समूह) को जिल्ला सेक्रेटरीबाट राजिनामा दिएका छन् । शुक्रबार धादिङवेसीमा पत्रकार सम्मेलन मार्फत गुरुङले नेकपा माओवादी विप्लव समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन् । गुरुङ यस अघि नेकपा माओवादी विप्लव समूहको धादिङ जिल्ला सेक्रेटरीको रुपमा विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले भाद्र ३० गते पक्राउ गरेको थियो । गुरुङले शुक्रबार वक्तव्य मार्फत यसबीचमा आफ्नो क्रियाकलापले आम जनसमुदायमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै आफू अबका दिनमा स्वतन्त्र रुपमा जीवन यापन गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस