धादिङ १८ पौष
महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल संस्था वैधानिक रुपमा दर्ता नभएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले बताउनु भएको छ । महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भण्डारीले सो कुरा बताउनु भएको हो । भण्डारीले महिलाको क्षेत्रमा क्रियाशील रुपमा काम गर्दै आईरहेको यस संस्था जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता नै नभई काम गरिरहेको र तत्काल संस्था दर्ता गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भयो । यस्तै धादिङ जिल्लामा बालबालिकाहरुमाथि विभिन्न खालका हिंसाका घटनाहरु भैरहेको महिला मानव अधिकार रक्षकका केन्द्रीय महासचिव राधिका सापकोटाले बताउनु भएको छ । महिलाको आफ्नो शरीर श्रम र पहिचानमा आफ्नो अधिकारको सुनिश्चितता, लैङगिक विभेदमा आधारित हिंसा अन्त्यको लागि आजको आवश्यकता, भन्ने मूल नाराका साथ शुक्रबार महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङकी अध्यक्ष गायत्री खतिवडाको अध्यक्षता रहेको कार्यक्रममा महिला मानव अधिकार रक्षकका केन्द्रीय महासचिव राधिका सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारी, प्रहरी नायव उपरीक्षक रुपक खड्का, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायत मानव अधिकारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिला मानव अधिकार रक्षक अन्तराषर््िट्रय अभियान, नेपालमा महिला मानव अधिकार रक्षकको अवस्था, उद्देश्य, चुनौेति, अभियान मार्फत हालसम्म गरिएका क्रियाकलापहरुको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस