धादिङ १७ पौष
नेपाल रेडक्रस सोसाइटी मैदी उपशाखाको १८ औँ वार्षिक साधारण सभा बिहिबार मैदीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मैदी उपशाखाका सभापति राजन सिंखडाको अध्यक्षता रहेको कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति सीताराम कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका उप सभापति नारायण प्रसाद तिमल्सिना, कोषाध्यक्ष दुर्लभ तामाङ, उप मन्त्री नेमबहादुर श्रेष्ठ, सदस्य नारायण कुमार श्रेष्ठ, कृष्ण लम्साल र लक्ष्मी शाह लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन अशोक भारती र प्रगति प्रतिवेदन राजु बिश्वकर्माले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमकै अवसर पारी नेपाल रेडक्रस सोसाइटी मैदी उप शाखाको भवन बनाउनको लागि ३ आना निशुल्क जग्गा दान गर्ने जग्गादाता ज्वालामुखी गाउाँपालिका वडा नं २ सातदोवाटेका दिवाकर शाहलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस