धादिङ १७ पौष
हरि विश्वकर्मा
धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा पूर्णिमा परियोजना धादिङको सहकार्यमा गजुरीमा २ दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गजुरी गाउँ पालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा व्यापार व्यवसाय तथा उद्योगहरुको लेखा व्यवस्थापन कसरी गर्ने, लेखा व्यवस्थापनको महत्त्व, उपयोगिता, व्यवस्थापन गर्ने तरिका, डे बुक व्यवस्थापन, नगद उधारो हिसाब व्यवस्थापन आदि विषयमा प्रशिक्षक सुन्दर श्याम घिमिरेले सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो । करिब ३० जना सहभागी रहेको कार्यक्रमको तालिम प्रदायक संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान रहेको थियो ।
प्रतिक्रिया दिनुहोस