कपिल जम्कट्टेल
धादिङ १७ पौष
नेपाली संस्कृति र भेषभुषलाई संरक्षण गर्नको लागि विद्यार्थीहरुलाई जागरुक बनाउने उद्देश्यका साथ सुनगाभा एकेडेमी धादिङले राष्ट्रिय पोशाक दिवस मनाएको छ । विद्यार्थीहरुलाई विभिन्न जाती, समुदाय र संस्कृति झल्कने पोशाक लगाएर यसको महत्त्वका विषयमा विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई प्रशिक्षित गरिएको थियो । यस्ता राष्ट्रिय पर्व तथा दिवसहरु विद्यालयमा मनाउदा विद्यार्थीहरुलाई राष्ट्रप्रति सम्मान र स्नेहभाव जागरुक हुने तथा देशका विभिन्न जात जाती, धर्म, संस्कृति, पोशाक आदिको बारेमा समेत जानकारी हुनुका साथै सामाजिक विषय अध्ययनलाई थप टेवा पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक कपिल जम्कट्टेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस