धादिङ १६ पौष
नीलकण्ठ नगरपालिकाको आयोजनामा अपाङगता परिचय पत्र वितरण सम्बन्धी घुम्ती शिविर बुधबार नीलकण्ठ नगरपालिका वडा नं ६ मा सम्पन्न भएको छ । शिविरमा ६ वटा निलो, ७ वटा रातो र ५ वटा पहेलो गरी १८ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको थियो । नीलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष उद्धव प्रसाद रिजालको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका सामाजिक विकास शाखा अधिकृत राजेश्वरी शाही, अपाङगता कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा, गजुरी स्वास्थ्य केन्द्र्रका प्रमुख डा.खगेन्द्र श्रेष्ठ लगायत स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो । नीलकण्ठ नगरपालिकाभित्रका १४ वटै वडामा शिविर सञ्चालन गरीने शाहीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस