धादिङ १६ पौष
राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा जिल्ला स्तरीय अन्तक्र्रिया तथा छलफल कार्यक्रम बुधबार धादिङबेसीमा सम्पन्न भएको छ । तथ्याङ्क कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ का लागि तथ्याङ्क संकलन योजनाको बारेमा छलफल गरिएको हो । तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जनगणना सञ्चालनमा नयाँ प्रविधिको प्रयोग, जनगणना तथ्याङ्क प्रयोगको संबैधानिक व्यवस्था, जनगणना तथ्याङकको प्रयोग, जनगणनाको महत्व र उद्देश्य, दिगो विकासका लक्ष्यहरु र जनसङ्ख्या तथ्याङ्क, जनगणनामा प्रयोग गरिने विधि र आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न भएका कार्यक्रमहरुको बारेमा सहभागिहरुलाई सहजीकरण गर्नु भएको थियो ।
२०७८ को जनगणनामा घरपरिवार सूचीकरण २० दिन, २०७८ बैशाख २५ देखि जेष्ठ १५ सम्म मुल जनगणना १५ दिन, जेष्ठ २५ देखि असार ८ गते सम्म सामुदायिक प्रश्नवाली १५ दिन, जेष्ठ २५ देखि असार ८ गते सम्म र असार ८ गते जनगणना दिवस मनाइने कार्य तालिका रहेको छ । साथै नेपालमा सुरुका जनगणनाहरु तत्काल मौजुदा जनसङ्ख्या गौधराबाट सञ्चालन गर्ने गरेको कार्यक्रमा जानकारी गराइएको थियो । वि.स. २०१८ पछिका सबै जनगणनाहरु केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्दै आएको छ । राष्ट्रिय जनगणनाको १७ वटा लक्ष्य मध्ये १४ लक्ष्य प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनगणना र जनसङ्ख्यासँग सम्बन्धित रहेको छ । जनगणनाले तीन तहका सरकारहरुलाई नीति निर्माण, योजना तर्जुमा गर्न, घर सम्बन्धी नीति र कार्यक्रम निर्माण जस्ता कार्यहरु गर्न सघाउ पु¥याउने उद्धेश्यले पनि जनगणना गर्ने गरिएको तथ्याङ्क कार्यालय, मकवानपुरका तथ्याङक अधिकृत राजेश दासले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति धादिङका उपप्रमुख विन्दा बरामले जनगणना सङ्कलन गर्ने कार्यमा स्थानीय सरकारको महत्वपूर्ण भुमिका हुने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङकी उपप्रमुख बिन्दा बरामको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम प्रसाद ढुङगाना, खनियाँबास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, प्रहरी नायव उपरीक्षक रुपक खड्का, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालमा हालसम्म ११ वटा जनगणनाहरु सम्पन्न भईसकेको छ । नेपालमा जनगणना गर्ने कार्यको औपचारिक प्रारम्भ वि.स. १९६८ सन् १९११ सालबाट १०÷१० वर्षको अन्तरालमा जनगणना सञ्चालन हुदै आएको आएको छ ।
प्रतिक्रिया दिनुहोस