धादिङ १६ पौष
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिन्चोक स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्राप्ताङ्क वोर्ड समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा धादिङले आयोजना गरेको समीक्षा कार्यक्रमा स्वास्थ्यसँग सम्बन्धित विषयवस्तुहरुको बारेमा छलफल गरिएको थियो । स्वास्थ्य सेवालाई कसरी नागरिक मैत्री बनाउने र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने मुख्य उद्देश्य र स्वास्थ्य सुचकहरुको लक्ष्य पुरा गर्नका लागि सरोकारवालाहरुले सक्रिय भूमिका खेल्ने निर्णयका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष लेखबहादुर अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयमसेवी, सुनौलो हजार दिन (गर्भवती महिला र दुई वर्ष सम्मका बच्चा) सहित ४५ जनाको सहभागिता रहेको त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस