धादिङ १५ पौष
तमू ल्होसार, धादिङ लगायत देशभर विविध कार्यक्रम गरी मनाइएको छ । गुरुङ समुदायले मृग वर्गलाई बिदाइ गरी मुसा वर्गलाई स्वागत गरेर बिशेष उत्साहका साथ यो पर्व मनाएको हो । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग परिवर्तनको दिनका रुपमा ‘तमु ल्होसार’ मनाइने प्रचलन रहेको छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष मृगको वर्ष थियो भने यस वर्ष मुसाको वर्ष ( च्यु ल्हो ) रहेको हो । नेपाल तमु विद्यार्थी छोज धीँ जिल्ला कार्य समिति धादिङ र समुद्र आमा तमुस्यो ह्युल छोज धी धादिङले मंगलबार धादिङबेसीमा तमुहरुको महान् चाड तमु ल्होसारको मुसा वर्गको पावन अवसरमा आयोजित वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
समुन्द्र तमुस्यो ह्युल छोंज धी जिल्ला समिति धादिङकी अध्यक्ष शान्तीमाया गुरुङको अध्यक्षता रहेको कार्यक्रममा तमु ध्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्दीय सदस्य कुल बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसै गरी आदिवासी जनजातीहरुको संस्कार र संस्कृति जगेर्नाको लागि यो पर्व मनाउनु उचित रहेको कार्यक्रममा सहभागिहरुले बताएका छन् । जातिगत पहिचान, संस्कृति र सभ्यताको खोज अनुसन्धान भएसँगै गुरुङ समुदायले ल्होछार पर्व मनाउन थालेको सहभागिहरुको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस