धादिङ पौष ११
प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गरी नीलकण्ठ क्रिकेट ग्राउण्डलाई राष्ट्रिय स्तरको बनाउने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले बताउनु भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजार टुडिखेल निरीक्षण गर्ने क्रममा सदस्य सचिव सिलवालले क्रिकेट ग्राउण्डको निर्माणको लागि मास्टर प्लान, र डिपिआरको तयारी हुन आवश्यक रहेको बताउनु भएको हो । क्रिकेट ग्राउण्डको डिपिआरपछि केन्द्रबाट आवश्यक बजेट यस ग्राउण्ड निर्माण कार्यमा विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
खेलकुद क्षेत्रको विकाससँगै सुनौलाबजारमा क्रिकेट मैदानको निर्माणपछि अन्तराष्ट्र्रिय स्तरको खेलकुद प्रतियोगिता गर्नेुपर्ने बताउनु भयो । क्रिकेट ग्राउण्डको निरीक्षणमा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारी, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, नेकपा नीलकण्ठ नगरकमिटी अध्यक्ष दिपक विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस