धादिङ ११ पौष
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै गणेश हिमाल क्याम्पस नीलकण्ठ–३ रानीधारा टोल धादिङमा यही पौष ६ गते आइतबारबाट सुरु भएको स्पोट्र्स फेस्टिभलको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ । ५ दिनसम्म सञ्चालित प्रतियोगितामा म्याराथन, सटपुट, हाइजम्प, लङजम्प, १००, २०० र ४०० मिटरका दौड, फुटसल, टग अफ वार, चेस, भलिबल, क्रिकेट लगायत २० भन्दा बढी खेलहरु समावेश गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा विशेष अतिथिमा गणेश हिमाल क्याम्पसका डाइरेक्टर भुपेन्द्र कुमार श्रेष्ठ रहनु भएको थियो ।
प्रतियोगितामा खेलिएका खेलहरु र विजयी विद्यार्थीहरुको नामावली :
१०० मिटर दौड छात्र/छात्रा
प्रथम : मोहन गुरुङ/सुदिक्षा श्रेष्ठ
द्धितीय : राजन गुरुङ/अनिषा गुरुङ
तृतीय : सुजन गुरुङ/सुजता उपाध्याय
२०० मिटर दौड छात्र/छात्रा
प्रथम : शक्तिदेव तामाङ/सुदिक्षा श्रेष्ठ
द्धितीय : रामलाल तामाङ/अनिषा गुरुङ
तृतीय : रमेश लामा/सुजता उपाध्याय
४०० मिटर दौड छात्र/छात्रा
प्रथम : रुपेश सिलवाल/अनिषा गुरुङ
द्धितीय : रामलाल तामाङ/सुदिक्षा श्रेष्ठ
तृतीय : राजन तामाङ/अनुषा तामाङ
म्याराथुन छात्र/छात्रा
प्रथम : राजन तामाङ /विनिता गुरुङ
द्धितीय : रमेश तामाङ/अनिषा गुरुङ
तृतीय : आशिष कुमार तामाङ/गीता कुमाल
हाइ जम्प छात्र/छात्रा
प्रथम : रुपेश सिलवाल/अनिषा गुरुङ
द्धितीय : सन्देश थापा/सजिना श्रेष्ठ
तृतीय : पाल्देन तामाङ/सुजाता उपाध्याय
लङ्ग जम्प छात्र/छात्रा
प्रथम : मोहन गुरुङ/अनिषा गुरुङ
द्धितीय : रुपेश सिलवाल/सजिना श्रेष्ठ
तृतीय : सुग्रिब तामाङ/सरस्वती लामा
र्सट पुट छात्र/छात्रा
प्रथम : सुमित दुधराज/सुजाता उपाध्याय
द्धितीय : खरदुर लामा/गीता कुमाल
तृतीय : प्रवेश ढकाल/सुदिक्षा श्रेष्ठ
चेस
प्रथम : अग्नी तामाङ
द्धितीय : राम लामा
तृतीय : भुपेन्द्र श्रेष्ठ
भलिबल छात्र/छात्रा
प्रथम : खरदार लामाको टिम/मनिषा वाइबाको टिम
फुटसल छात्र/छात्रा
प्रथम : अमित तामाङको टिम/लक्ष्मी धमलाको टिम
द्धितीय : प्रकाश तामाङको टिम/पूजा ठकुरीको टिम
तृतीय : जङ्गराम तामाङको टिम
शिक्षण कार्यकलापका साथै विद्यार्थीहरुको मानसिक, शारीरिक, संवेगात्मक विकास गर्ने हेतुले आयोजना गरिएको खेलकुदमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डेले बताउनु भयो । विजयी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस