धादिङ ०७ पुस
सूचना प्रवाहमा धादिङका सरकारी कार्यालयहरुमा पारदर्शीता नभएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भएको छ । आम नागरिकहरुलाई सूचना दिने सवालमा धादिङका सरकारी कार्यालयहरुले प्रत्यक्ष भन्दा बढी अप्रत्यक्ष बिधि अपनाएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनु भयो । सोमबार युरोपियन युनियनको सहयोगमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजना गरेको सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग सम्त्रन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तामाङले सो कु्रा बताउनु भएको हो । समुदाय र नागरिक समाज सम्बद्ध सगठनहरुले निर्णयकर्ता र कर्मचारीलाई जवाफदेही बनाउन यस संस्थाको स्थापना भएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक नीति सम्बन्धी बहसमा सहयोग गर्ने, बजेटको अनुगमन तथा मूल्याङकन गर्ने, सेवा प्रवाहका मापदण्डहरुको अनुगमन गर्ने र सबै स्थानीय तहहरुमा सुधारका लागि पैरवी गर्दै आई रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत दिनानाथ भट्टराईले सामाजिक जवाफदेहिताका औजारहरुमा शुसासनका साधनहरुको प्रभावकारिता, सूचनाको हक, नागरिक वडापत्र, नागरिक संजाल, सामुदायिक रेडियो, सामाजिक प्रतिबद्धता, सहभागिता मूलक योजना, बजेट तर्जुमा तथा अनुगमन, सामाजिक लेखा परक्षिण लगायत १८ वटा रहेको सहभागीहरुलाई जानकारी गराउनु भयो । प्रमुख जिल्ला अधिकारी अस्ममान तामाङको अध्यक्षता रहेको कार्यक्रममा प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका बरिष्ठ अधिकृत दिनानाथ भट्टराई, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य, जिल्ला कारागार कार्यालय धादिङका जेलर गङ्गालाल योगी, नीलकण्ठ नगरपालिका धादिङका प्रमुख प्रशासकिय अधिकृत तीर्थराज पौड्ल, लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस