धादिङ, बैशाख १६
त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटार प्राथमिक स्वास्थ्यकेन्द्रमा आइतबारबाट सुरु भएको २ दिने निशुल्क दन्त शिविरको आज एक कार्यक्रमकाबीच समापन गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरमा २ सय १ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष सम्भुकुमार थापाले हिजो उद्घाटन गनुभएको उक्त शिविरमा पोखराबाट दातँका विशेषज्ञ डाक्टरहरुले बिरामीको परीक्षण गरेका थिए । गाउँपालिका भित्रका नागरिकहरुलाई दाँतको समस्याबाट मुक्त गर्नका लागि शिविरको आयोजना गरिएको र यस्ता स्वास्थ्य शिविरहरु आगामी दिनहरुमा पनि आयोजना गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक एम बहादुर श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस