धादिङ ०६ पुस
गरिमा विकास बैंक लिमिटेड शाखा कार्यालय धादिङको समुद्घाटन समारोह आइतबार धादिङबेसीमा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगानाले ८१ औँ शाखा कार्यालयको रुपमा धादिङबेसीमा गरिमा विकास बैंक धादिङ शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगनाले स्थानीय तहसँग सहकार्य र समन्वय गरी गरिमा विकास बैंकले आर्थिक कारोबार गर्नु पर्नेे बताउनु भयो । धादिङ जिल्लामा बंैकहरुको स्थापना हुने क्रम बढेता पनि ग्रामीण भेगहरुमा बैंकहरुको पंहुच सोचे जस्तो नभएको ढुङगनाको भनाई रहेको छ ।
गरिमा विकास बैंकका सञ्चालक श्याम प्रसाद बस्यालले यस बैंकले सामाजिक उत्रदायित्व र धादिङका स्थानीय बासिन्दाहरुको सेवामा तल्लिन रहने बताउनु भयो । कार्यक्रममा गरिमा विकास बैंकका सञ्चालक श्याम प्रसाद बस्यालको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष होमनाथ रिजालको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमा प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, विभिन्न बंैक वितिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस