अपिल कोइराला
धादिङ ०६ पुस
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै आइतबारबाट गणेश हिमाल क्याम्पस नीलकण्ठ–३ रानीधारा टोल धादिङमा स्पोट्र्स फेस्टिभल सुरु भएको छ । ११ गतेसम्म सञ्चालन हुने कार्यक्रममा म्याराथन, सटपुट, हाइजम्प, लङजम्प, १००, २०० र ४०० मिटरका दौड, फुटसल, टग अफ वार, चेस, भलिबल लगायत २० भन्दा बढी खेलहरु समावेश गरिएको छ । स्पोट्र्स फेस्टिभलको आइतबार क्याम्पस सञ्चालक समिति सदस्य कृष्ण प्रसाद दाहालले शिक्षक भसेर्स विद्यार्थी भलिबल प्रतियोगिताको बल सर्भिस गरेर उद्घाटन गर्नु भएको हो ।
कार्यक्रम अन्तरगत आइतबार छात्र छात्रा म्याराथन भएको थियो । क्याम्पस गेटबाट ससाहसम्म करिब ३ किलोमिटर भएको छात्र म्याराथनमा राजन तामाङ प्रथम, रमेश तामाङ द्धितीय र आशिष कुमार तामाङ तृतीय भएका थिए । यस्तै पुछारबजारदेखि क्याम्पस गेटसम्म करिब १ किलोमिटरको छात्रा म्याराथनमा विनिता गुरुङ प्रथम, अनिषा गुरुङ द्धितीय र गीता कुमाल तृतीय भएका थिए ।
नियमित शिक्षण कार्यकलापमा उत्तिक अब्बल र उत्कृष्ठ रहेको गणेश हिमाल क्याम्पसका विद्यार्थीहरु खेलकुद र अतिरिक्त कृयाकलापमा पनि उत्तिकै सक्रिय सहभागित जनाएको क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस