धादिङ ०५ पुस
नीलकण्ठ नगरपालिका र जापानको युसिहारा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यका साथ नीलकण्ठ नगरपालिकाको भ्रमणमा आएको युसिहारा नगरपालिकाका मेयर हिसातो योसिदा सहितको टोलीलाई शनिबार नगरपालिकामा भव्य स्वागत गरिएको छ । मेयर सहितको टोलीलाई स्वागत गर्दै नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएपछि विकास, पूर्वाधार निर्माण, सामाजिक सांस्कृतिक आदान प्रदान गर्न सकिने बताउनु भयो ।
यस्तै स्वागत कार्यक्रममा मेयर भिम प्रसाद ढुङ्गानाले शिक्षा, पूर्वाधार निर्माण, संस्कृति, पर्यटन जस्ता विषयमा एक आपसमा आदान प्रदान गरी निकट भविष्यमै भगिनी सम्बन्धमा हस्ताक्षर गर्ने बताउनु भयो ।
यस्तै युसिहारा नगरपालिकाका मेयर हिसातो योसिदाले नीलकण्ठ नगरपालिकासँग शिक्षा, कृषि, ग्याविन जाली लगायतका विकासका कार्यहरुमा सहकार्य गर्ने बताउनु भयो ।
नीलकण्ठ नगरपालिका र जापानको युसिहारा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यका साथ जापानी टोलीले हालसम्म ३ चोटी नीलकण्ठ नगरपालिकाको भ्रमण गरेको छ ।
प्रतिक्रिया दिनुहोस