प्रशान्त ढवन्या
धादिङ पुस ०३
नीलकण्ठ नगरपालिका वडा नं. १० ज्यामरुङ ढकाल गाउँका नवराज ढकालले आत्महत्या गरेका छन् । पोखरामा बस्दै आएका ढकाल एकसाता अगाडि मात्र जन्मथलो ज्यामरुङ आएका ढकालले खेतमा रहेको टाँकीको रुखमा डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् । बिगतदेखि नै आत्महत्याको सोच बनाउने आत्महत्या गर्छु भन्ने गरेको स्थानीयले बताए । ढकालको आत्महत्या गरेको बिहिबार बिहान घास काट्न जानेहरुले देखेपछि मात्र स्थानीयले जानकारी पाएको सहकर्मी प्रशान्त ढवन्याले बताए । ४२ वर्षीय ढकालले के कारणले आत्महत्या गरे भन्ने कुरा खुल्न सकेको छैन । सवको पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ । धादिङमा पछिल्ला वर्षहरुमा आत्महत्याको श्रृङ्खला बढ्दै गएको पाइन्छ । आत्महत्याको कारण र त्यसलाई रोकथाम गर्नका लागि राज्य, नागरिक समाज र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संघ सङ्गठनहरुको ध्यान बेलैमा जान जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस