धदिङ ०२ पुस
बच्छलादेवी माध्यमिक विद्यालयलाई क्याम्पस सञ्चालनको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार बच्छलादेवी माध्यमिक विद्यालयलाई क्याम्पस सञ्चालनको लागि सहयोगार्थ आयोजित बृहत सांस्कृतिक कार्यक्रम तथा ४५ औँ वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै दुलालले सो कुरा बताउनु भएको हो । प्राबिधिक र सिपयुक्त शिक्षामा जोड दिनुपर्ने बताउदै मन्त्री दुलालले देशि विकास गर्नको लागि पहिला शिक्षा क्षेत्रको विकास आवश्यक रहेको बताउनु भयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि रहेका प्रदेश सांसद जगत सिंखडाले प्रविधिमैत्री शिक्षा नै आजको आवश्यकता भएको बताउदै धादिङवेसी, साङ्कोष, तिप्लिङ सडक खण्डलाई स्तरोन्नती गर्दै तिप्लिङसम्म नै सडक पु¥याउने प्रतिबद्धता जनाउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता, प्रदेश सांसद जगत सिंखडा, डा. राम कुमार अधिकारी, पूर्व मन्त्रीहरु दिलमान पाख्रिन र परसुराम तामाङको विशेष आतिथ्यता रहेको थियो । यस्तै खनियाबास गाउँ पालिकाका अध्यक्ष रण बहादुर तामाङ, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारी, खनियाबास गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङ, युवा नेता मङ्ग तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
समारोहमा सांस्कृतिक कार्यक्रमका साथै नृत्य प्रतियोगिता तथा क्याम्पस सञ्चालनका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिलदेव ठाकुरले विद्यालयको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस