धदिङ ०१ पुस
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा धादिङबेसीमा आयोजित माध्यमिक तह स्तरीय बक्तृत्वकला प्रतियोगितामा धादिङ आवासीय माध्यामिक विद्यालयकी सर्जना थापा प्रथम भएकी छिन् । बैदेशिक रोजगारको अवसर र चुनौती विषयक उक्त वक्तृत्वकला प्रतियोगितामा एड्भान्स एकेडेमीका आमोस तामाङ द्धितिय, चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयकी दिपा ढकुरी तृतीय र साङकोष मा।वि।का सुनिल वि।क। सान्त्वना भएका छन् । नीलकण्ठ नगरपालिकाकाको आयोजनजामा सम्पन्न भएको प्रतियोगितामा नगरपालिका भित्रका ७ वटा विद्यालयका कक्षा १० देखी १२ सम्म अध्ययनरत १४ जना प्रतियोगी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले वर्तमान समयमा वैदेसिक रोजगारी अवसरका साथै–साथै थप चुनौतीपूर्ण बन्दै गएको भन्दै गम्भीर हुनको लागि सरकारसँग माग गरेका थिए । प्रगियोगीको प्रस्तुती करणको शैली, सम्बोधन, समयको ख्याल र शब्द चयन आदिको आधारमा प्रतियोगीको श्रेणी निर्धारण गरिएको हो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई नगत सहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस