धादिङ ०१ पुस
जिल्लाको शान्ति सुरक्षा कायम गर्न र सञ्चारकर्मीहरुलाई समयमै सही सूचना प्रवाह गर्न कुनै कसर बाकी नराख्ने धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताउनु भयो । हालसालै धादिङ जिल्लामा सरुवा भएर आउनु भएका प्रहरी निरिक्षक रेग्मीले मङ्गलबार सञ्चारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सो कुरा बताउनु भएको हो । लामो दुरीको राजमार्ग क्षेत्र पर्ने भएकाले ट्राफिक व्यवस्थापन तथा लागु औषध ओसार पसारको ट्रान्जिट हब मानिने धादिङ जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन चुनौतिपूर्ण भएकाले सूचना आदान प्रदानमा सहकार्य गरेर अगाडि बढ्नको लागि रेग्मीले पत्रकारहरुसँग आग्रह गरेका थिए । पत्रकार महासंघ धादिङका सभापति नवराज छत्कुलीले धादिङ जिल्लामा नदीजन्य वस्तुहरु ढुङ्गा, ग्टिटी र बालुवाको अनाधिकृत रुपमा दोहन भइरहेकाले त्यसको नियन्त्रणका साथै विभिन्न समस्या लिएर न्यायका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा आउने नागरिकहरुको सेवा प्रवाहलाई चुस्त बनाइ कानुन कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सुभकामना दिनुभयो । कार्यक्रममा धादिङ जिल्लामा बसेर पत्रकारिता गर्ने जिल्लास्थिति विभिन्न सञ्चार गृह तथा राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस