धादिङ २८ मङ्सिर
ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुल सहकारी संस्था लिमिटेड मलेखु धादिङको १६ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार त्रिपाठीको अध्यक्षता रहेको कार्यक्रममा वेनिघाट रोराङ गाउँ पालिकाका प्रमुख हरि डल्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विशेष अतिथिहरुमा गाउँ पालिका उपाध्यक्ष देवि प्रसाद सिलवाल, गाउँ पालिकाका सामाजिक विकास संयोजक तथा वडा नं. ३ का अध्यक्ष भुवन त्रिपाठी रहनुभएको थियो भने अतिथिहरुमा एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ, शिद्धालेक गाउँ पालिका वडा नं. ४ का वडा अध्यक्ष रामहरि बराकोटी लगायत रहनु भएको थियो ।
२०४४ सालमा स्थापना भएको सहकारीको १६ औँ साधारण सभाका अवसरमा सोही विद्यालयबाट गतवर्षको एस.इ.इ. परीक्षामा ४ जि.पि.ए. का नेपालकै उत्कृष्ठ हुन सफल निर्जला पाण्डे लगायत उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक कल्पना सिलवालले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदनका साथै भावि योजना प्रस्तुत गर्नुभएको थियो । आगामी शैक्षिक सत्रबाट आफ्नै भवनमा कक्षा सञ्चालन गर्ने तयारी गरेको सो विद्यालयलाई वेनिघाट रोराङ गाउँ पालिकाले रु. १५ लाख सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस