धादिङ २८ मङ्सिर
प्रदेश सरकारले व्यवसायीहरुले उठाएको समस्याहरुलाई पहिलो प्राथमिकता दिने प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जमकट्टेलले बताएका छन् । धादिङ उद्योग वाणिज्य संघको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन मन्त्री जम्कट्टेलले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री जम्कट्टेलले प्रदेश सरकारले व्यबसायीहरुलाई कुनै पनि हालतमा कर छुट दिन नसक्ने बताउनु भयो । यस्तै नेपाल सरकार तथा स्थानीय सरकारले नीजि क्षेत्रलाई महत्व दिँदै विकास निमार्ण कार्यमा अगाडि बढिरहेको बताउनु भएको छ । फरक प्रसङ्गमा बोल्दै मन्त्री जम्कट्टेलले बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी परियोजना बन्ने कुरामा सङ्का नगर्न आग्रह गर्नुभयो । यस्तै बुढीगण्डकी परियोजनाबाट प्रभावित खहरेका बासिन्दाहरुको मुअब्जा वितरणममा सरकारले पुनरावलोकन गर्ने बताउनु भयो ।
धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जमकट्टेलको प्रमुख आतिथ्यिता रहेको थियो । यसै गरी नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल र प्रदेश सांसद डा. रामकुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङगना, उप प्रमुख मनराज भण्डारी, प्रमुख जिल्ला अधिकारी अस्माान तामाङ, प्रहरी उपरीक्षक रविन्द्र रेग्मी , प्रहरी नायब उपरीक्षक रुपक खड्का, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, सचिव धन बहादुर बुर्लाकोटी लगायत संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस