धादिङ २७ मङ्सिर
धादिङको सिद्धलेकमा २१ करोड दिप प्रज्वलन गरेर भागवत धाम निर्माण विश्वकै पहिलो भागवत धाम तथा चार धाम निर्माण गर्ने उद्देश्यका साथ धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ६ कुम्पुर परेवाटार त्रिशुली नदी किनारमा यही मङ्सिर १९ गतेदेखि सञ्चालित श्रीमद भागवत सप्ताह एवं बृहत धान्यपूर्णिमा महोत्सव २०७६ बाट रु. १ करोड २० लाख रकम सङ्कलन भएको छ । श्रीमद् भागवत सप्ताहमा फुर्केखोला निवासी रत्न बहादुर श्रेष्ठले सबै भन्दा बढी रु. ४ लाख रकम दान गर्नु भएको महायज्ञ मूल सम्पादन समितिका संयोजक रङ्ग प्रसाद थपलियाले जानकारी दिनु भयो । विश्व भागवत धाम कोष नेपालको आयोजनामा भएको भागवतको कथा वाचन भने वाल तपस्वी पण्डित उत्तम भट्टले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस