धादिङ २० फागुन
धादिङको निलकण्ठ क्याम्पस सहित विभिन्न क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको छ ।
धादिङबेसी सदरमुकाममा रहेको निलकण्ठ बहुमुखी क्याम्पसमा संगीत तामाङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गरेको हो ।
नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा शंकर रिजालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गराएको हो भने जय बागेश्वरी बहुमुखी क्याम्पस,चन्द्रोदय बहुमुखी क्याम्पस र मछिन्द्र बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको र बांकी क्याम्पसहरुमा संगठन दर्ता प्रक्रिया बांकी रहेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले जानकारी दिनुभयो ।
गत स्ववियु निर्वाचनमा धादिङका आठ वटा क्याम्पस मध्य ५ वटामा स्ववियु सभापति जितेको माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले यो पटक आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आफ्नो गतिविधि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस