धादिङ २० फागुन
उत्तरी धादिङको खनियाबास गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तर आमा समूह म्हेन्दो माया नाच प्रतियोगिता हुने भएको छ ।
यहि फागुन २४ गते ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खनियाबास गाउँपालिका र प्रयास नेपाल धादिङको संयुक्त आयोजनामा “कार्यहरुलाई गति दिऔं“ भन्ने राष्ट्रिय नारा सहित तामाङ समुदायमा अत्यन्तै लोकप्रिय अन्तर आमा समूह म्हेन्दो माया नाच प्रतियोगिता हुने भएको खनियाबास गाउँपालिकाले एक सुचना जारी गर्दै जानकारी दिएको हो ।
गाउँपालिकाको कार्यालयमा सञ्चालन हुने प्रतियोगितामा विजेता हुने समुह हरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम पुरस्कार नगद रु दश हजार, द्वितीय पुरस्कार रु सात हजार, तृतीय पुरस्कार पाँच हजार र सान्त्वना पुरस्कार दुई हजार पाँच सय रुपैया को व्यवस्या गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने आमा समूहको लागि ड्रेस अनिवार्य गरिएको छ र वडा नं. ४ बाहेकका वडाबाट सहभागी हुने प्रत्येक समूहलाई यातायात खर्च स्वरूप एक हजार पाँच सय को व्यवस्था गरिएको छ । साथै गाउँपालिका भित्र दर्ता भएका सबै आमा समूहहरुलाई सक्रिय सहभागिताको लागि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस