धादिङ २० फागुन
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आ.व.२०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला शसक्तिकरणमा स्थानीय सरकारको भूमिका शिर्षकमा आधारित रहेर वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
यहि फागुन २४ गते गाउँपालिकाको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा भाग लिने आमा तथा महिला समुहहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा सम्पर्क गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ ।
गाउँपालिकाले प्रतियोगितामा पुरस्कारको समेत व्यवस्था गरेको छ । जसमा प्रथम पुरस्कार दश हजार ,दित्तिय पुरस्कार आठ हजार, तृतीय पुरस्कार छ हजार, सान्त्वना पुरस्कार चार हजार रुपैया नगद सहित प्रमाण पत्रको समेत व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले जानकारी दिनुभयो ।
साथै उक्त प्रतियोगितामा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, समाजसेवी, बुद्धिजिवी, सामाजिक अभियान्ता जनप्रतिनिधि लगायत सबैमा उपस्थितिको लागि गाउँपालकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस