धादिङ १९ फागुन
धादिङमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव हुने भएको छ ।
सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ नीलकण्ठ नगरपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमा यहि फागुन २४ गते दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव हुने भएको हो ।
सोमबार नीलकण्ठ नगरपालिकामा बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले उक्त उत्सव सम्पन्न गर्नको गैंर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समिति गठन समेत गरेको छ ।
नीलकण्ठ नगरपालिका भित्र रहेका महिलाहरुले उत्पादन गरेका वस्तुहरुको स्टल राखि विक्रि वितरण तथा प्रर्दशनी, विभिन्न सचेतना मुलक गीत, तथा नृत्य प्रस्तुत गरिने छ ।
प्रतिक्रिया दिनुहोस