धादिङ १९ फागुन
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न भएको छ ।
उक्त सम्मेलनबाट संगित तामाङको अध्यक्षतामा ३१ सदस्यिय कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सरस्वति विश्वकर्मा, निरोज श्रेष्ठ, शिशिर श्रेष्ठ, सचिवमा दिपा श्रेष्ठ, सह सचिवमा प्रभाकर रिजाल,कृष्टिना नेपाली र कोषध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् ।
संगठनका अध्यक्ष ईश्वरी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनको केन्द्रिय कमिटि सचिवालय उद्धव रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारी (शैलेश), नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्मा, नेकपा माओवादी केन्द्र धादिङका नीलकण्ठ नगरका निवर्तमान अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नगर अध्यक्ष अमृत तामाङ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिमल तामाङ, निलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा र अखिल क्रान्तिकारी नेपालका जिल्ला अध्यक्ष श्रीकृष्ण रिजाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
त्यसैगरि नेत्रावती बहुमुखी क्याम्पसमा पनि शंकर रिजालको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा अभिशेक थपलिया, सुलोचन खड्का, सचिवमा मैना सिटौला, सह सचिवमा पुजन सिंखडा ,रोशन श्रेष्ठ र आकृति सापकोटा चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस