धादिङ १९ फागुन
सुकौराबेसी टोल बिकास सस्थाको आयोजनामा सामाजिक एकता सदभाव र सहकार्यलाइ कायाम राखौ भन्ने नारा सहित वनभोज तथा भेटघाट कार्यक्रम सम्पर्न गरेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ सुकौराबेसीको डलेटारमा आयोजना गरिएको उक्त सामूदायिक तथा पारिवारिक कार्यक्रममा विभिन्न पेसा व्यवसायमा आवद्ध रहि कारणवस काठमाडौं पोखरा लगायत स्थानमा बसोबास गर्ने सक्रिय स्थानीय युवायुवतीहरु र जनसमुदायहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
उक्त बनभोज कार्यक्रममा केही समय पहिलाको भेलाबाट निर्वाचित सन्तोष श्रेष्ठको नेतृत्वको ९ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सस्थाको सस्थापक सल्लाहकारहरु तथा प्रेस सेन्टर धादिङका सहसचिव प्रेम नेपाली “प्रतीक“ र सस्थापक सल्लाहकार, समाजसेबी राजन श्रेष्ठले बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्दै अझै जागरुक हुन प्रोत्साहन गर्नुभएको थियो ।
हरेक समय फरकफरक कार्यक्रम गर्दै आएपनि यो पटक भने परिवार र समूदायको मेलमिलाप भावना आदनप्रदान, सहकार्य एकतालाई मजबुत बनाउने मुल उदेश्य राख्दै समुदायको युवाजमातलाइ सकृय र एकताबद्ध गराउदै बिकास र परिवर्तनका लागि सधै सबै एक ढिक्का रहनुपर्ने सन्देशका लागि यो वनभोज कार्यक्रम आयोजना गरिएको सस्थाको नव कार्यकारी अध्यक्ष सन्तोष श्रेष्ठले बताउनु भयो ।
यस सस्थाले हरेक बर्ष विभिन्न चेतनामुलक र बिकास परिवर्तनमुखी कार्यक्रमहरु गर्दै जिल्लाकै नमूना सस्थाको रुपमा अगाडि बढदै आइरहेको टोलबिकास सस्था हो । युवाहरुको सामाजिक एकता,समाज परिवर्तन र बिकासमा सहकार्यले नै समाज बिकास परिवर्तनमा ठुलो महत्त्व राख्दछ भन्ने सन्देश यस सस्थाले दिएको जनसमुदायको बुझाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस