धादिङ १८ फागुन
धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नृत्य प्रतियोगिता हुने भएको छ ।
यहि फागुन २४ गते गाउँपालिकाको आयोजनामा नृत्य प्रतियोगिता सञ्चालन हुन लागेको गाउँपालिकाले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।
उक्त जारी सुचनामा नेपाली संस्कृति झल्कने पोषाक हुनुपर्ने, नृत्य एकल वा सामुहिक जुनसुकै रुपमा प्रस्तुत गर्न सकिने, प्रस्तुति ५ देखि ७ मिनेटमा सकिसक्नुपर्ने, नृत्यको लागि आवश्यक गित, पहिरन र सामग्रीको व्यवस्थापन सहभागी आफैले गर्नुपर्ने, प्रतियोगितामा सहभागी हुने समुहले फागुन २४ गते विहान ११ बजे सम्म आफ्नो समुह दर्ता गराई सक्नुपर्ने जस्ता मापदण्ड उल्लेख गरिएका छन् ।
साथै गाउँपालिकाको कार्यलय सेमजोङमा सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिका भित्रका कर्मचारीहरु, महिला समुहहरु, आमा समुहहरु, बाल क्लव तथा अन्य सरोकारवालाहरुलाई उपस्थितिका लागि गाउँपालिकाले आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धादिङ सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
प्रतिक्रिया दिनुहोस