धादिङ १८ फागुन
नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा निर्वाचित हुनु भएको छ ।
शनिवार धादिङबेसीमा सम्पन्न संघको प्रथम अधिवेशनले कुशुम सुनचाँदी पसल धादिङका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको हो ।
जसकोे उपाध्यक्षमा ईश्वर बराईली, सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा र सदस्यहरुमा प्रतिमा विश्वकर्मा, बिशाल विश्वकर्मा र राजकुमार विश्वकर्मा निर्वाचित भएका छन ।
प्रतिक्रिया दिनुहोस