धादिङ १८ फागुन
धादिङ मोबाईल व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार धादिङ मोबाईल व्यवसायी संघका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै उधोग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी, नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका सचिव सुरज पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।
उक्त अधिवेशनबाट अध्यक्षमा प्रकाश भट्ट चयन भएको छ । जसको उपाध्यक्षमा नवराज श्रेष्ठ, कोषाध्यक्षमा शरण कुमार श्रेष्ठ, सचिवमा जलिन मिया, सहसचिवमा दिपमाया श्रेष्ठ र सदस्यहरुमा किशोर यादव, चन्द्रमान शाक्य, सरस्वती श्रेष्ठ, सिता श्रेष्ठ, बिनोद श्रेष्ठ र जावेद आलम सर्वसहमत रुपमा चयन भएको नवनिर्वाचित अध्यक्ष प्रकाश भट्टले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस