धादिङ १६ फागुन
नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा धादिङवेशी क्रिक रिसोर्टमा एक भव्य कार्यक्रमको आयोजना गरि नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश ईन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै बागमती प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, पूर्व चिनिया राजदुत एवं नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य विष्णु पुकार श्रेष्ठ,बागमती प्रदेश सहसचिव दल बहादुर बुर्लाकोटी, नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेश),प्रदेश सचिवलय सदस्य जननिर्वाचि नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा लगायतको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी विभिन्न पालिका ईन्चार्ज अध्यक्षहरु, लगायत जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।
उक्त सम्मेलनबाट अमृत तामाङलाई नगर अध्यक्षमा निर्विरोध चयन गरेको छ । उहाँको नेतृत्वमा ४५ सदस्यीय नगर कमिटी रहने माओवादी केन्द्र धादिङले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि शाक्यले सम्पूर्ण नेकपा माओवादी पार्टीका शक्तिहरु एकीकृत भएर अघि बढ्नु पर्ने बताउनुभयो । नेकपा माओवादी पार्टीले अब जनताहरुलाई तहगतरुपमा गएर बुझाउनु पर्ने र देशको ठुला सहरका साथै ग्रामीण तहमा पनि आफ्नो कार्ययोजना लैजानु पर्ने बताउनुभयो । साथै उहाँले आफ्नो संगठन बलियो बनाउनका लागि आफ्नो तर्फ बाट र सबै स्थानीय तथा केन्द्रीय तहबाट नै लाग्नु पर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रमका विशेष अतिथि पुष्प विक्रम मल्लले अब नयाँ पुस्ताहरु सक्रिय भएर उनीहरुले नेतृत्व लिनु पर्ने र भौतिकवाद सिद्दान्त, नवीनतम सोचकासाथ प्रतिगमन विरुद्ध एकजुट भई लाग्नु पर्ने बताउनुभयो ।
पार्टीलाई बलियो र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी भित्र भएको मनमुटावलाई बिर्सेर पुनःपार्टी लाई बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने बताएका छन् । त्यसैगरी कार्यक्रमकै अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निवासी दुर्गा प्रसाद लम्साललाई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको सदस्य पदमा चयन गरिएको छ । नीकलण्ठ नगर समितीले सहिद परिवारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा माओवादी केन्द्र धादिङले धादिङ उद्योग वाणिज्य संघको एघारौं अधिवेशनबाट निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका बागमती प्रदेशको इन्चार्ज हितमान शाक्य सह इन्चार्ज शालिकराम जम्कट्टेल लगायत नेताहरुको सहभागिता रहेको थियो । पौष २६ र २७ गते सम्पन्न अधिबेशनबाट अध्यक्षमा रामकुमार डल्लाकोटी, वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी र सदस्यहरु निर्वाचित भएका थिए । अधिवेशन सकिएको एक साता पछि अध्यक्ष डल्लाकोटीले पदाधिकारी मनोनित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस