धादिङ १५ फागुन
धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ ।
विहिबार सम्पन्न भएको उक्त अधिवेशनले काशिका अर्याल(सृजना) को अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला(अविरल), सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ ।
त्यसै गरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ ।
धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् महाकाव्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् महाकाव्यकार डा.नवराज लम्सालले एउटा सफल लेखक जहिले पनि रिस, राग, आवेग, गाली, घृणाले नभरिईकन शुन्य र खाली हुनुपर्ने र ति रित्तो र खाली भएको ठाउँमा समाजबाट ज्ञान भर्नुपर्ने बताउनुभयो ।
त्यसैगरि प्रतिष्ठानका संस्थापक अध्यक्ष बद्रि प्रसाद दाहालले प्रतिष्ठानको स्थापना काल देखि नै भाषा धर्म र साहित्य प्रवर्द्धनमा कार्य गर्दै आएको बताउनुभयो ।
धादिङ सिर्जना प्रतिष्ठानको संस्थापक अध्यक्ष एवम् नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रि प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष सिताराम अधिकारी लगायत सम्पुर्ण विभिन्न विधाका साहित्यकार र साहित्य प्रेमिहरुको अध्यक्षता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस