धादिङ १३ फागुन
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेशको तेस्रो महाधिवेशन रामेछाप जिल्लामा हुने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज नेवा ताम्सालिङ बागमती प्रदेश समितिको चितवन जिल्लाको राप्ती नगरपालिका–६ राप्ती भिलेज रिसोर्टमा सम्पन्न नवौँ पूर्णबैठकले तेस्रो महाधिवेशन आउँदो चैत्र १ र २ गते रामेछापमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि उक्त बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
बैठकले फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेका छ भने महासचिव श्याम राना मगरको संयोजकत्वमा सचिवहरु शिशिर दोङ र राजु नापित सदस्य रहेको ३ सदस्यीय प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरेको फोनिज बागमती प्रदेशले जनाएको छ ।
त्यसैगरी कोषाध्यक्ष शंकर श्रेष्ठको संयोजकत्वमा सिन्धुली जिल्ला अध्यक्ष रोहित गुरुङ, रामेछाप अध्यक्ष कुमार श्रेष्ठ र सचिव सदस्य रहने गरी खाना तथा आवास व्यवस्थापन उपसमिति गठन गरेको छ ।
त्यस्तै कोषाध्यक्ष शंकर श्रेष्ठकै संयोजकत्वमा दोलखा अध्यक्ष अर्जुन पाख्रिन, सिन्धुली अध्यक्ष रोहित गुरुङ, रामेछाप अध्यक्ष कुमार श्रेष्ठ र चितवन अध्यक्ष तुलमान गुरुङ सदस्य रहेकोे आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ ।
उपाध्यक्ष राजेश रुम्बा तामाङको संयोजकत्वमा उद्धव श्रेष्ठ, मिना श्रेष्ठ र निरोज श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय अतिथि व्यवस्थापन उपसमिति गठन भएको फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिनुभएको छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि अधिवक्ता इश्वरी श्रेष्ठ, फोनिज बागमती प्रदेशका सल्लाहकार सुमित श्रेष्ठ र सरिता श्रेष्ठ रहने गरी तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
फोनिज बागमती प्रदेश समितिको तेस्रो महाधिवेशनको अवसरमा स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।
स्मारिका प्रकाशनका लागि प्रकाशन विभाग प्रमुख नवीन श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय स्मारिका प्रकाशन मण्डल गठन गरिएको फोनिजले जनाएको छ ।
नवौँ पूर्ण बैठकले महासचिव श्याम रानामगरद्धारा प्रस्तुत् साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष शंकर श्रेष्ठद्धारा प्रस्तुत् आर्थिक प्रतिवेदन समेत पारित गरेको फोनिज बागमती प्रदेशले जनाईएको छ।
प्रतिक्रिया दिनुहोस