धादिङ १३ फागुन
धादिङको सदरमुकाम धादिङबेसीमा गुरुङ कथानक चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने भएको छ ।
नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा ‘च्यारिटी सो’ हुने भएको हो ।
यहि फागुन १६ गते सिटि हलमा चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले जनाएको छ ।
अहिले चलचित्रको व्यापक प्रचार प्रसार भईरहेको र चलचित्रको ‘च्यारिटी सो’ को लागि विभिन्न जातिय संघ संस्था देखि विद्यालय, आमा समूह लगायतलाई पत्राचार , पम्पप्लेट टाँस, माईकिङ, विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गरिएको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो ।
गुरुङहरुको भाषा, कला, संस्कार र संस्कृति समेटिएको उक्त चलचित्रमा राम प्रसाद गुरुङ, सपना गुरुङ, इशा गुरुङ, रेशम गुरुङ, धनसुबा गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई विबेक गुरुङले लेखन तथा निर्देशन गर्नुभएको हो ।
गुरुङ जातीको आफ्नो भाषा र कलाको माध्यमबाट सचेतना जगाउने उद्देश्यले धादिङबेसीमा पहिलो पटक गुरुङ चलचित्र ङोल्स्यो रामरानीको च्यारिटी गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
चलचित्र ‘च्यारिटी सो’ को लागि रु २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
१ सय भन्दा बढि टिकट अग्रिम बुक भईसकिएको पनि अध्यक्ष गुरुङले बताउनुभएको छ ।
चलचित्रको टिकट गुरुङ समुदायले मात्र नभई अन्य समुदायले पनि उत्सुकता पूर्वक अग्रिम बुकिङ गरिदिंदा चलचित्रको ‘च्यारिटी सो’ भव्य हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस