धादिङ १३ फागुन
धादिङको नीलकण्ठ नगरपालिकामा शैक्षिक प्रर्दशनी तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको विषयगत शैक्षिक सामाग्री प्रदर्शनीमा नगरपालिका भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्री प्रदर्शन गरेका हुन् ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाश दत्त भट्टले विद्यार्थिहरू र शिक्षकहरूको वर्षभरिका मेहनतलाई उजागर गर्न शैक्षिक सामाग्री प्रदर्शनी गरिएको बताउनुभयो ।
वार्षिक कार्यक्रम अन्तरगत बालबालिकाहरूको क्षमतालाई उजागर गर्दै सामाजिक, गणित, विज्ञान, र शिक्षा लगायतका क्षेत्रमा रचनात्मक र सीपको प्रदर्शनी गरिएको भन्दै उहाँले राष्ट्रिय शिक्षा नीति अनुरूप विद्यालयका प्रयासलाई प्रदर्शनीका माध्यमबाट सार्वजनिक गरेको बताउनुभयो ।
प्रदर्शनी कार्यक्रम बागमती प्रदेशका खेलकुद तथा युवा मन्त्री मीन कृष्ण महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिकाका सल्लाहकार दिपक कोइराला, नेपाल नगर संघका सल्लाहकार सरोज अधिकारी लगायतले अवलोकन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस