धादिङ १२ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा अभिमुखिकरण कार्यक्रम भएको छ ।
सोमबार नीलकण्ठ नगरपालिकाको आयोजनामा गृहणी महिलाहरुको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
सामाजिक विकास समितिका अध्यक्ष मञ्जु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद रिजाल, सामाजिक विकास शाखा अधिकृत उर्मिला थपलिया,कार्यक्रम सञ्चालक निर्मला के.सी, नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा सदस्य कमला तामाङ, गिता परियार, वडा सचिव अर्जुन श्रेष्ठ लगायत विभिन्न आमा समुहका आमाहरु र पत्रकारहरुको अतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि दिपक विश्वकर्माले विगतका समयमा महिलाको मुक्ति, हक अधिकार स्वतन्त्रताको लागि महिलाहरुले धेरै योगदान दिएको बताउनुभयो । निति तथा नियम निर्माण गर्ने कार्यमा र स्थानमा महिलाको नेतृत्व भएमा महिलाको क्षेत्रमा विकास चाडै हुने बताउनुभयो । सरकारले महिला को कर हक अधिकारको व्यवस्था ल्याए पनि महिलाहरूको अवस्था बदल्नका लागि महिलाहरु नै अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो । महिला सशक्तिकरणका निलकण्ठ नगरपालिकाले द्धन्द्ध पिडित, आर्थिक अवस्था कमजोर, विपन्न दलित समुदाय, एकल महिला केन्द्रित विभिन्न घरेलु उद्योग तथा तालिम सञ्चालन गर्ने, महिला उद्यमशिलता विभिन्न सिप प्रदान गरे र व्यवसायिकरण र उत्पादित वस्तुहरुको बजारीकरण गर्ने आत्म निर्भर र स्वरोजगार बनाउनका लागि पहल गर्ने बताउनुभयो ।
त्यस्तै सामाजिक विकास शाखा अधिकृत उर्मिला थपलियाले सरकारले सम्पूर्ण महिलाहरूको राजनैतिक सांस्कृतिक तवरले क्षमता विकास गराउन पहल गर्ने आगमी दिनमा पनि महिलाहरुको सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने बताउनुहुदै, तालिम लिनुमात्र ठूलो कुरा नभएर उक्त तालिममा सिकेका सिपलाई व्यवहारमा लागुगर्नु नै ठुलो कुरा भएको र परिवर्तनको सुरुवात स्वयम महिलाले नै गर्नुपर्ने बताउनुभयो ।
त्यसै गरी कार्यक्रमका विशेष अतिथि निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद रिजालले महिलाको आर्थिक तथा सामाजिक विकासमा दिगोपना हुनुपर्ने बताउनुभयो । विशेष गरि महिलाको आयआर्जनमा जोड र महिलाहरूको सानो सानो आवश्यकता परिपुर्तिगर्नका लागि पनि आफ्नो श्रीमानमा निर्भर रहनुपर्ने बाध्यता अन्त्य गराउनका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो । उहाँले सम्पुर्ण नीलकण्ठ नगरपालिकालाई बाल मैत्री वडा घोषणा गर्ने अभियानमा लागेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्ष मञ्जु थापा मगरले नीलकण्ठ नगरपालिका को जम्मा १४ वटा मध्यमा ६ वटा वडा छनौट गरेर सामाजिक विकास मेयर उद्यमशिलता तालिम, आय आर्जन मुलक तालिम जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका सहभागिहरु नगरपालिकाले प्रदान गरेको तालिम निश्चित व्यक्तिहरूले सिकि सके पश्चात पछि अरुलाई नसिकाएको भन्दै गुनासो गरेका थिए । त्यसै गरी उनिहरुले टपरी बुन्ने, मौरी पालन, कृषि पशुपालन, ब्युटि र्पालर सम्बन्धि विभिन्न तालिमहरुको आवश्यकता भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस