धादिङ ११ फागुन
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सामुदायिक मेलमिलापकर्ताहरूको लागि २ दिने पूनतार्जगी तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको न्यायिक शाखाको आयोजनामा गत फागुन ८ र ९ गते २ दिन सम्म सामुदायिक मेलमिलापकर्ताहरूको लागि २ दिने पूनतार्जगी तालिम सञ्चालन गरिएको हो ।
बेनीघाट रोराङ गाउँपालिकाको उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक टाप बहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएकोे कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे लगायत सम्पूर्ण वडाका वडा अध्यक्षहरू, न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो
उक्त तालिममा सहभागी सम्पुर्ण मेलमिलापकर्ताको परिचयपत्र र तालिममा सक्रिय सहभागिता भएकालाई प्रमाण पत्र वितरण गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस