धादिङ ११ फागुन
नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङको तेस्रो सम्मेलन यहि फागुन १६ गते हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश ईन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता तथा प्रदेश र जिल्ला तहका नेताहरुको विशिष्ट आतिथ्यतामा धादिङबेसी क्रिक रिसोर्टमा सम्पन्न हुने नीलकण्ठ नगर पार्टी उपाध्यक्ष अमृत तामाङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
साथै नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर सम्मेलनको आयोजनामा हुने कार्यक्रममा विभिन्न ख्याती प्राप्त जनकलाकारहरुको विशेष प्रस्तुती रहने भएकाले सम्पूर्ण महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस