धादिङ ११ फागुन
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा शिक्षण सिकाइ उपलब्धी परिक्षा सञ्चालन गरिएको छ ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ५ को आयोजनामा शनिबार देखि सुरु भएको परिक्षामा कक्षा ३ र ५ का ८५ जना विद्यार्थीहरुको सहभागीतामा शिक्षण सिकाइ उपलब्धी परिक्षा सञ्चालन गरिएको हो ।
वडाले प्रश्नपत्र निर्माण गरी मण्डली माध्यामिक विद्यालयमा सञ्चालन भएको उक्त परिक्षामा वडा नम्वर ५ भित्रका १० सामुदायिक विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको गंगाजमुना गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
यस परिक्षामा गणित विषयमा लेखाई सम्बन्धी ज्ञानको मूल्याङ्कन र अंग्रजी र नेपाली विषयमा पढाई र लेखाई सम्बन्धी दुबै ज्ञानको मूल्याङ्कन गरिने छ । यसबाट सामुदायिक विद्यालयका बालबालिकाहरुको सिकाई उपलब्धीमा वृद्धि हुने अपेक्षा लिइएको अध्यक्ष अधिकारीको भनाई छ ।
वडा नम्बर ५ ले बालबालिकाहरुको सिकाइ उपलब्धी वृद्धिको लागि वडा स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन, स्मार्ट टि.भी वितरण जस्ता शैक्षिक विकास र शैक्षिक गुणस्तर वृद्धिको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस