धादिङ १० फागुन
धादिङको न्यु किबो बोर्डिङ स्कुलद्धारा अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिबार विद्यालयको वार्षिक अभिभावक दिवसको अवसरमा सदरमुकाम धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुको अभिभावकहरुको लागि अभिभावक परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको हो ।
विद्यालयले चर्चित मोटिभेशनल स्पिकर वि. के. शर्माद्धारा अभिभावकहरु कसरी जिम्मेवारी बन्ने भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण गराएको थियो ।
उक्त वक्ता शर्माले अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई दण्ड सजाय र आफ्नो रुष्ट बोली व्यवहारबाट नभई उनिहरुलाई मायाले सम्झाएर उनिहरुको खराब प्रवृत्तिलाई हटाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले पढाईमा ध्यान लगाएन भन्दै विद्यालय फेर्ने गल्ती नगर्न आग्रह गर्नुभयो ।
उहाँले आफ्ना बालबालिकालाई उनिहरुको राम्रो काममा सबै सामु बधाई तथा हौसला प्रदान गर्न र उनिहरुको गल्तिमा बन्द कोठामा बसेर मायाले सम्झाउनुपर्ने समेत बताउनुभयो ।
त्यसै गरी विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले कार्यक्रममा सुनेका तथा सिकेका कुराहरुबाट प्रेरणा लिएर आफ्नो दैनिक जनजिवनमा समेत लागु गर्न आग्रह गर्नुभयो ।
उहाँले बालबालिकाको शैक्षिक स्तोरन्नति गर्नका लागि अभिभावकको अहम् भुमिका रहने बताउनुहुदै आफ्नो बालबालिकाको उज्वल भविष्यका लागि अभिभावकले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने, बालबालिकालाई आफ्नो ईज्जत र प्रतिष्ठाको लागि राम्रो नतिजा ल्याउनका लागि दबाव दिन छोडेर उनिहरुलाई स्वतन्त्र भएर अध्ययन गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने बताउनुभयो ।
न्यु किबो बोर्डिङ स्कुलले विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार गर्नका लागि विभिन्न व्यवहारीक तथा शैक्षिक कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस