धादिङ ८ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा रहेको भैरवी माध्यमिक विद्यालयको ७१ औं वार्षिक उत्सव एवम् अभिभावक भेला सम्पन्न भएको छ ।
विहिबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो विद्यालयको वार्षिक उत्सव सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले भावि सन्ततीहरुलाई उचित शिक्षा दिएर सहि दिशा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले आफु जन्मिएको हुर्किएको खेलेको ठाउँको आर्थिक सामाजिक र सांस्कृतिक विकासको निम्ति पहल गर्ने बताउनुभयो ।
त्यसैगरि प्रदेश सभा सदस्य गोविन्द लम्सालले धादिङको शिक्षाको सुरुवात भैरवी माध्यमिक विद्यालयबाट भएको बताउनुहुदै विद्यालयको तत्कालिन समय र अहिले वर्तमान समयमा धेरै परिर्वतन भएको बताउनुभयो । समाजको विकास गर्ने मुल आधार नै शिक्षा भएकाले शिक्षा क्षेत्रको विकास गरे मात्र समृद्ध समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
त्यसै गरी नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकमाले सरकारले निःशुल्क शिक्षा निति लाई कार्यन्वयन गरेर मात्र बालबालिकाहरुमा शैक्षिक विकास नहुने बताउनुहुदै अभिभावकहरुले पनि आफ्नो बालबालिकाको पढाई प्रति चासो दिनुपर्ने बताउनुभयो ।
त्यसै गरी विशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य गोविन्द लम्साल,नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा,नेपाल पर्यटन बोर्ड निवर्तमान उपाध्यक्ष चन्द्र रिजाल,नीलकण्ठ नगरपालिका कार्यपालिका सदस्य लक्ष्मण रम्तेल, वडा नं.६का वडाध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ, वडा नं. ६ निवर्तमान वडाध्यक्ष उद्धब प्रसाद रिजाल, समाजसेवी डिल बहादुर श्रेष्ठ, भेषराज ठकुरी, भक नारायण श्रेष्ठ, वडा सदस्यहरु, इलाका प्रहरी कार्यालयका प्रहरीहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
विद्यालयको वार्षिक उत्सवको अवसरमा २ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति प्रदान गरिएको थियो । त्यसैगरी २०५४ सालको ब्याजको विद्यार्थीहरुले विद्यालयलाई विद्यालय प्रवेशद्धार अर्थात गेट निर्माण गरि हस्तान्तरण गरिएको थियो र विद्यालयले विद्यालयमा अक्षयकोष निर्माण गर्ने २०४० सालको ब्याजको विद्यार्थी र गेट हस्तान्तरण गर्ने २०५४ साल ब्याजको विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस