धादिङ ८ फागुन
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धादिङबेशीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धादिङ अस्पतालको परिसरमा बिहीबार बिहान ८ बजे बाट दिउँसो १२ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा १० जना महिला र २६ जना पुरुष गरि जम्मा ३६ जनाले रक्तदान गरेका हुन् ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा धादिङ अस्पताल र कर्मचरी मिलान केन्द्रको सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस