धदिङ २५ मङ्सिर
जिल्ला अस्पताल धादिङको परिसरमा सरसफाई तथा रङ रोगन कार्य बुधबार सम्पन्न भएको छ । धादिङ, सोसियल भोलिन्टिएर नेपाल र संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको सहकार्यमा धादिङ अस्पताल परिसरमा सरसफाई तथा तारबार र पर्खालको रङ रोगन कार्य गरिएको हो । रङ रोगन लगाउने कार्यमा धादिङ, सोसियल भोलिन्टिएर नेपाल र संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङका स्वयम सेवकहरु परिचालन गरिएको थियो । यही मंसिर १६ गतेदेखि जिल्ला अस्पताल धादिङको परिसरमा तारजालीको सरसफाइ गरिनुका साथै वालहरुमा रङरोगनका कामहरु सुरु गरिएको सामाजिक अभियन्ता नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । बिरामीहरुको चाप बढेसँगै जिल्ला अस्पताल धादिङको परिसरमा हुने गरेको फोहोरलाई उचित ठाउँमा व्यबस्थापन गर्न विभिन्न संघ संस्थाहरुले सरसफाई अभियान सञ्चालन गर्दै आई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस