धादिङ ७ फागुन
पूर्व प्रहरी संगठन धादिङले संचालन गरेको नौमती बाजा बजाउने तालिम आज सम्पन्न भएको छ ।
पूर्व प्रहरीहरु र तीनका परिवारका लागि पुष १८ गतेदेखि धादङबेशीमा संचालन गरेको तालिमको बुधबार समापन गरिएको हो ।
पूर्व प्रहरीहरुले अवकास प्राप्त गरेपछि आफ्नो क्षमता अभिवृद्धि गर्न व्यवसायिक मुलक सिप सिक्नुपर्ने र लोप हुँदै गएको संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले नौमती बाजा बजाउने तालिम संचालन गरेको पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नबराज दुवाडीले बताउनुभयो ।
तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्धत पुर्याउने उहाँले बताउनुभयो । २२ जना प्रशिक्षार्थीहरु सहभागि भएको तालिममा गिरीराज भण्डारी प्रथम, राम प्रसाद सिग्देल द्धितीय र रबिन श्रेष्ठ तृतीय हुनुभएको छ ।नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर श्रेष्ठ तथा युवा नेता विकास श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो ।
संगठनको अध्यक्ष नबराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,जिल्ला भित्रका पूर्व प्रहरी, अमर प्रहरीका परिवार लगायतको सहभागिता रहेको थियो । भने नौमति बाजा बजाई धादिङबेशी बजार क्षेत्र परिक्रमा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस