धादिङ ७ फागुन
धादिङमा प्रथम नीलकण्ठ मेयर फुटसल प्रतियोगिता सुरु भएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच उक्त फुटसल प्रतियोगिताको उद्धघाटन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एवम् नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भिम प्रसाद ढुङगानाले प्रजातन्त्र दिवस जस्तो ऐतिहासिक दिनमा उक्त कपको सुरुवात गरेको बताउनुहुदै आफु नेतृत्वमा रहदा सम्म मेयर फुटसल प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरि कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुले राष्ट्रिय प्रजातन्त्रको शुभकामना व्यक्त गर्नुहुदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङगाना, उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष एवम् डिभिजन वन कार्यलय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, नीलकण्ठ नगरपालिकाको नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, खेलाडी तथा खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।
धादिङवेशीस्थित धादिङ फुटसल एकेडेमीमा सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी छन् ।
प्रतियोगितामा विजयी हुनेले नगद १ लाख १ हजार १११, द्धितिय हुनेले ५१ हजार १११, तृतिय हुनेले २५ हजार र सान्त्वना हुनेले २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ६–६ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै सहभागी हुन पाउँछन् ।
नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।
यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस