धादिङ ६ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार नीलकण्ठ नगरपालिकाको आयोजनामा गृहणी महिलाहरूको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
नीलकण्ठ नगरपालिकाले गृहणीहरूको लागि उद्यमशीलतामा आधारित तालिमहरूको सञ्चालन गर्ने भएको छ ।
उक्त उद्यमशीलता तालिम नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त साझेदारीमा सुरु हुन लागेको हो । तालिम कम्तिमा १५ दिनदेखि तीन महिनासम्मको हुनेछ ३ महिना तालिम पूर्ण गरिसकेपछि सिप परीक्षा मा पठाई त्यसपछि महिलाहरूलाई गृहणी महिलाहरुलाई उद्यमशीलतासँग जोड्ने नगरपालिकाको योजना रहेको छ । उद्यमशीलता कार्यक्रमबाट उत्पादित वस्तु तथा सेवाहरूलाई बिक्री वितरणको लागि नगरपालिकाले सघाउने समेत बताइएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा सहित अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस