धादिङ २५ मङ्सिर
जेष्ठ नागरिकको दिवा आश्रम भवन तथा दुग्ध सङकलन केन्द्र निर्माणको लागि नीलकण्ठ नगरपालिका वडा नं. ११ ज्यामरुङका धन कुमारी धमला र देवि प्रसाद धमलाले ८ आना जग्गा निशुल्क रुपमा वडा कार्यालयलाई दान गर्नु भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ११ ज्यामरुङका जेष्ठ नागरिकहरुले पाएको दुख, कष्ठ र स्थानीय बासिन्दाहरुले दुध बिक्री बितरण गर्न सहज होस् भनी उक्त ८ आना जग्गा वडा कार्यालयका नाममा निशुल्क जग्गा दान गरिएको हो । मुख्य सडकमै पर्ने करिब १६ लाख मुल्य बराबरको ४/४ आना जग्गा नीलकण्ठ नगरपालिका वडा नं ११ वडा कार्यालयको नाममा जेष्ठ नागरिक भवन निर्माण गरिने दिवा आश्रम दुग्घ सङ्कलन केन्द्रको लागि जग्गा दान गर्नु भएको नीलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तिलक थापा मगरले जानकारी दिनु भयो । सामाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गदै आउनु भएका जग्गादाताहरु अहिले नीलकण्ठ नगरपालिका वडा नं. ११ कै उत्कृष्ठ ब्यीक्तको रुपमा स्थापित हुन सफल हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस