धादिङ ४ फागुन
धादिङमा यहि फाल्गुन १६ र १७ गते प्रथम बागमती साहित्यिक महोत्सव हुने भएको छ । आईतबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै उक्त महोत्सवको लोगो सार्वजनिक गरिएको छ ।
“साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ्ग स्थित सबै सरोकारवालाको संयोजनमा उक्त महोत्सवको आयोजना गरिएको हो ।
बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारि,नीलकण्ठ नगरपालिका मेयर भिमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुबेदी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रि दाहाल, पत्रकार महासंघ धादिङको अध्यक्ष सिताराम अधिकारी लगायत विभिन्न संचार माध्यममा कार्यरत सञ्चारकर्मीहरु र सबै संयोजन कमिटिका सदस्यहरुको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यलय धादिङका अध्यक्ष एवम् व्यवस्थापन समिति संयोजक विष्णु प्रसाद आचार्यले बागमती प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरिए पनि त्यसको मूर्तता नभइरहेको परिप्रेक्षमा विधि, निर्देशिका र ऐनहरुको निर्माण कार्यमा प्रदेश निरन्तर लागीरहेकोले यसको सकारात्मक परिणाम छिट्टै नै प्राप्त हुने बताउनुभयो ।
बागमती प्रदेशका प्रसिद्ध लेखक र सर्जकहरु, साहित्यानुरागी साथमा नव लेखकहरुको उपस्थित हुने उक्त महोत्सवमा विभिन्न शिर्षकहरुमा ११ वटा प्यानल डिस्कसन, एउटा काब्य सन्ध्या, एउटा गजल सन्ध्या र एउटा सृजनात्मक सत्र गरि जम्मा १४ वटा सेसन हुने बताउनुभयो ।
त्यसै गरी कार्यक्रम संचालन र प्रतिवेदन समेत गरी रु. १२ लाख खर्च लाग्ने अनुमान रहेको छ । त्यसैगरी २ दिन सम्म सञ्चालन हुने साहित्यिक महोत्सवमा प्यानेलिस्ट, पाठक र लेखक साक्षात्कार लेखक तथा वक्तासंग आवश्यकता अनुसार पाठकहरू र श्रोताको साक्षात्कार र संवादको अवसर प्रदान गरिने,कला, साहित्य झल्कने चित्रकला हरि प्रसाद शर्माका चित्र प्रदर्शन गरिनेछ र आवस्यकता अनुसार अन्य चित्रकारका चित्र राख्न सकिने, बुक स्टल रहने र स्थानीय संस्कृति झलक्ने केहि नृत्य समेत राखिनेछ ।
प्रतिक्रिया दिनुहोस